एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभाद्वारा लाभांश पारित, नगद मात्र दिने निर्णय
काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गरेको छ । बैंककाे पुष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको २७औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने निर्णय गरेकाे हाे ।
उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरिएकाे छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड रूपैयाँ, निक्षेप १८६.४० अर्ब रूपैयाँ र कर्जा १८२.०९ अर्ब रूपैयाँ रहेको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
बैंककाे हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।