Arthik Pati
  • Categories
  • Features
  • Sample Page
  • Buy Now
Subscribe
Arthik Pati Arthik Pati
Arthik Pati
  • Aliquam

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

  • May 4, 2026
  • info@arthikpati.com
Total
0
Shares
0
0
0

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर प्रा. लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यस १०३औँ शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री श्री जयराम थापाले गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा, तथा एमएडब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको एक भावनात्मक क्षणका रूपमा ‘व्हिलिश ग्यालोर प्रा. लि.’ का सञ्चालक श्री भुवेश खड्का आफ्ना १०६ वर्षीय हजुरबुवासहित उपस्थित हुनुहुन्थ्यो, जसले समारोहलाई अझ विशेष बनाएको थियो।

काठमाडौं । नयाँ शोरूममा बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spares) एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रा. लि. ले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बोल्दै श्री दीपक कुमार अग्रवालले भन्नुभयो, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।”

बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।

एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको छ।

Total
0
Shares
Share 0
Tweet 0
Pin it 0
info@arthikpati.com

Previous Article
  • Uncategorized

Understanding Economic Trends in Nepal

  • May 4, 2026
  • info@arthikpati.com
View Post
Next Article
  • Aliquam

नेपाल लाईफकाे २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गरिने

  • May 4, 2026
  • info@arthikpati.com
View Post
You May Also Like
View Post
  • Aliquam

डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६ अन्तर्गत अभिमुखीकरण सम्पन्न

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aliquam

व्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदै

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aliquam

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aliquam

नेपाल लाईफकाे २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गरिने

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aenean Eleifend
  • Aliquam

A Pretium Enim Dolor Donec Eu Venenatis Curabitur

  • info@arthikpati.com
  • November 18, 2019
View Post
  • Aenean Eleifend
  • Aliquam

Maecenas Tincidunt Eget Libero Massa Vitae

  • info@arthikpati.com
  • October 5, 2019
View Post
  • Aenean Eleifend
  • Aliquam

Integer Maecenas Eget Viverra

  • info@arthikpati.com
  • July 15, 2019

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Featured Posts
  • 1
    डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६ अन्तर्गत अभिमुखीकरण सम्पन्न
    • May 4, 2026
  • 2
    व्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदै
    • May 4, 2026
  • 3
    व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
    • May 4, 2026
  • 4
    नेपाल लाईफकाे २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गरिने
    • May 4, 2026
  • 5
    यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन
    • May 4, 2026
Recent Posts
  • Understanding Economic Trends in Nepal
    • May 4, 2026
  • Sit Ligula Metus Sem. Eget Elementum Amet Tellus
    • November 20, 2019
  • A Pretium Enim Dolor Donec Eu Venenatis Curabitur
    • November 18, 2019
Categories
  • Aenean Eleifend (10)
  • Aliquam (8)
  • Etiam (10)
  • Maecenas (10)
  • Metus Vidi (3)
  • Rhoncus (4)
  • Uncategorized (1)
  • Vulputate (10)
Arthik Pati

Input your search keywords and press Enter.