जाडोमा यसरी गरौं बगैंचाको हेरचाह |
जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ ।