टेलिकमका प्रवन्ध निर्देशकले गरे पदभार ग्रहण, मोबाइल डाटाको प्रयोग बढाउन कार्यक्रम ल्याउने |
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच उनले कम्पनीको केन्द्रिय कार्यालयमा पदभार ग्रहण गरेका हुन । उनलाई पुस १९ गतेको मन्त्रीपरिषदले ३ बर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।