शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने कार्यक्रम लागू गर्ने कार्यविधिमा जुट्यो सरकार |
काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका निम्ति गृहकार्य शुरू गरेको छ । हालै सार्वजनिक आगामी आवको बजेटले समेटेको शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिनेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत लागू गर्न साउनभित्रै कार्यविधि बनाउने तयारीमा अर्थ मन्त्रालय जुटेको हो ।