नक्कली बिल बनाई मदिरा सप्लाई गर्ने दुई जना पक्राउ |
इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ बाट नक्कली बिल बनाई राजस्व छली गर्ने रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरी बुधवार पक्राउ परेका छन् ।
इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ बाट नक्कली बिल बनाई राजस्व छली गर्ने रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरी बुधवार पक्राउ परेका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ ।
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौ । सरकारले उद्योग विभागलाई संघिय संरचनामा लैजान छलफल शुरु गरेको छ । बिभिन्न चरणको छलफलबाट १० अर्व रुपैयाँ पूँजी भएका उद्योगलाई प्रदेश स्तरीय निकायबाटै स्विकृती दिने तयारी गरिएको छ ।
काठमाडौं । बहुप्रतिक्षित आयोजना काठमाडौं−तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ । नेपाली सेनाले कोरियाको सुसोङ इन्जिनियरिङलाई डीपीआर निर्माणको जिम्मा दिएको हो ।
काठमाडौं । ३३ किलो सुन प्रकरण सेलाउन नपाउँदै फेरि काठमाडौंको बालाजुबाट ५ किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् ।
पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काललाई एकीकृत सम्पति कर नउठाउन अन्तरिक आदेश जारी गरेको छ ।
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
दाङ । नेपाल वायु सेवा निगमले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएका कारण सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा झन् बढ्दै गएको छ ।