आजदेखि शेयर कारोबार पूर्ण अनलाइन प्रणालीमा |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट शेयर कारोबारलाई पूर्ण रुपमा अनलाइन प्रणाली लगेको छ । नेप्सेले आजदेखि शुरुवात गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले नेप्सेलाई स्वायत्त संस्थाको रुपमा अघि बढाइने बताए ।