सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, २ लाख २८ हजार १६ जनाले शेयर पाएनन् |
काठमाडौं । सामुदायिक लघुवित्तकको मंसिर २ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । बिहान सम्पन्न बाँडफाँडमा २७ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओमा आवेदन गरेका २ लाख २८ हजार १६ जनाको हात भने रित्तो भएको छ ।