‘हनी बनी’मा अनमोल केसी अनुबन्धित, मार्चदेखि लन्डनमा छायांकन सुरु हुने |
काठमाडौँ । फिल्म ‘एक्स नाइन’ छायांकन अनिश्चित बनेपछि अभिनेता अनमोल केसीले अर्को नयाँ फिल्म ‘हनी बनी’ साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्मको छायांकन लन्डनमा हुने जनाइएको छ । निर्माता र अनमोलबीच तीन दिनअघि सम्झौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।