नेपालको दियालो र भारतको जनजलबीच सम्झौता | प्रविधि आदानप्रदान मार्फत खानेपानी क्षेत्रका चुनौती समाधान गरिने
काठमाडौँ । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ ।