ऋणीले भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ-ब्याज तिरेमा जरिबाना नलाग्ने |
काठमाडौं । अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो ।