हेटौंडामा कैलाशको शाखा |
काठमाडौं (आपास) । कैलाश विकास बैङ्कले शाखा विस्तार गर्ने क्रममा मकवानपुरको हेटौंडामा नयाँ शाखा सञ्चालन गरेको छ । उक्त शाखाको सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले उद्घाटन गरेका हुन् । यो बैङ्कको ५२औं शाखा हो ।