सिटिजन्सको सहयोग चितवन मानव सेवा आश्रमलाई |
काठमाडौं (आपास) । सिटिजन्स बैंकले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताएको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।