विश्व बैंकद्वारा नेपाललाई २३ अर्ब सहुलियत ऋण सहयोग |
काठमाडौं । विश्व बैंकले नेपाललाई करीब रू. २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ । इण्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो ।