गैरआवासीय नेपाली संघले काठमाडौंमा असोज २६, २७ र २८ गते विज्ञ सम्मेलन गर्ने |
काठमाडौं । गैरआवासीय नेपाली संघले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने भएको छ । गैरआवासीय नेपाली दिवस तथा साधारणसभाको अवसरमा संघले काठमाडौंमा आगामी २६, २७ र २८ गते विज्ञ सम्मेलन गर्न थालेको संघका अध्यक्ष भवन भट्टले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।