सेवाग्राहीको फोन ट्यापिङ गरेका छैनौं : नेपाल टेलिकम |
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको फोन ट्यापिङ नगरेको बताएको छ । आज आफ्नो वर्तमान स्थितिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिकमले सेवाग्राहीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको हो ।