चीनको हुवाजिन सिमेन्टसँग १६ अर्बमा उद्योग खोल्ने सम्झौता |
काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले आइतबार आयोजना लगानी सम्झौता गरेको छ । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि छु जांगले हस्ताक्षर गरेका छन् ।