जनता बैंकका तीनवटा डेपुटी सीईओको एकैपटक राजिनामा |
काठमाडौं । जनता बैंक नेपालका तीन जना डेपुटी सीईओले एकै पटक पदबाट राजीनामा दिएका छन् । बैंक नेतृत्वसँग असहमति बढ्दै गएपछि डेपुटी सीईओत्रय पृथ्वी श्रेष्ठ, सागरकुमार घिमिरे र अजय मिश्रले राजीनामा दिएका हुन् ।