त्रिवि चिकित्सा अध्ययन संस्थानको डिनमा डा.दिव्या सिंह नियुक्त |
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा.दिव्या सिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो ।