नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण |
काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले राष्ट्र बैंकका गभर्नरबाट शपथ लिएका छन् ।
काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले राष्ट्र बैंकका गभर्नरबाट शपथ लिएका छन् ।
काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । कार्तिक ३ गते सम्पन्न संघको १४औं वार्षिक साधारण सभाले संघको रिक्त रहेको उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेको हो ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बिहाना बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सिइओमा नियुक्त गरेको हो ।
काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव∕कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ ।
काठमाडौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो ।
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २०८ औं बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको हिजो सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सीडीएससी सञ्चालक समितिको बैंठकले आचार्यलाई सीइओ नियुक्त गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो । अनुभबी बैंकरको रुपमा बज्राचार्य चिनिन्छन् ।