इन्फास्ट्रक्चर बैंकको सीईओ ज्ञवालीले दिए राजीनामा |
काठमाडौं । इन्फास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएका छन् । २ वर्षअघि बैंकको कार्यकारी प्रमुखमा नियुक्त भएका ज्ञवालीले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामालाई सञ्चालक समितिको मंगलबारको बैठकले स्वीकृत समेत गरेको छ ।