जाडोमा यसरी गरौं गुलाबको फूलको हेरचाह |
जाडो मौसममा चिसो हावा चल्नाले बगैंचाका संवेदनशील बिरुवा नाश हुने सम्भावना रहन्छ । बगैंचाको सबैभन्दा सुन्दर बिरुवा गुलाबलाई जाडो मौसममा सबैभन्दा धेरै हेरचाहको आवश्यकता पर्छ । गुलाबको फूलका पात सबैभन्दा धेरै कमजोर हुन्छन् । तापक्रम घट्दा वा बढ्दा सबैभन्दा धेरै असर यिनै पातमा पर्छ ।