नेपालमै पहिलोपटक हाइकोजी र स्पर्म डीएनए फ्रेगमेन्टेसन इन्डेक्स प्रविधि वात्सल्यमा |
काठमाडौं । नि:सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभीएफले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ । जुन, नेपाल मै पहिलोपटक भएको दावी गरिएको छ ।