रियलमी सी–सिरिजमा सी३३ सार्वजनिक, मूल्य १६ हजार ४ सय ९९ रुपैयाँ |
काठमाडौं। रियलमीले सी–सिरिजमा रियलमी सी३३ स्मार्ट फाेन सार्वजनिक गरेकाे छ। ५० एमपी एआई क्यामेराको एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिस सी३३ को नयाँ संस्करण सार्वजनिक गरेको हाे। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगलमा धेरै अत्याधुनिक महसुस गराउँने कमपनीले जनाएकाे छ।