इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, साउथ एसिया स्टार्टअप अवार्ड सहित १४ विधामा अवार्ड वितरण |
काठमाडौ । सातौ संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ गत शुक्रवार द सोल्टी काठमाडौंमा सम्पन्न भएको छ । एक हजारबढि विशिष्ट व्यत्तिहरुको उपस्थितीमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित १४ विधामा सर्वोत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको छ ।