शुरु भयो सुचना प्रबिधिको महा मेला ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०७९’ |
काठमाडौं । केही वर्षयता नेपालमा इन्फरमेशन एण्ड टेक्नोलोजी (आईटी) प्रयोगकर्ताको सङ्ख्या बढेको छ । समयसमयमा भइरहने सूचनाप्रविधि मेला, टेलिकम्युनिकशनको पहुँच र बजारमा नयाँभन्दा नयाँ सामानको सहजै उपलब्धताका कारण पनि यसको प्रयोग गर्ने मानिसको सङ्ख्या बढेको हो ।