६० प्रतिशत नेपालीका पहुँचमा इन्टरनेट |
काठमाडौं । ६० प्रतिशत नेपालीको मोबाइलसँगै हातहातमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको दुई करोड ९५ लाख १४ हजार जना नेपालीलाई आधार मानेर तयार पारेको तथ्यांक अनुसार मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता नेपालीको हिस्सा ६० प्रतिशत पुगेको छ ।