सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर अग्रसर ओपो | ४८ एमपी डुअल रियर क्यामेरा सहित एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तैयारी
काठमाडौं । ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ ।