अन्तरराष्ट्रिय कलमा टेलिकमको नयाँ स्किम, ३ रुपैयाँमा चाइना कल |
काठमाडौं । अन्तरराष्ट्रिय कलमा नेपाल टेलिकमले नयाँ योजना ल्याएको छ । नेपाल टेलिकमको सिमबाट चीनमा तीन रुपैयाँ तीन पैसामै कल गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरबाट ग्राहकले अघिपछिको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन्।