ट्वीटरमा धर्ममा आधारित अमानवीय ट्वीट गर्न बन्देज |
माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ । ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो ।