ग्लोबल बिजनेसलाई बढावा दिन ओपोद्वारा ईन्टेल, एरिक्सनसंग प्याटेन्ट डिल |
काठमाडौं । ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ । साथै, ओपोले एरिक्सनसंग ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकारपनि खरिद गरेको छ ।