एनसेलले २५% ले घटायो इन्टरनेट शुल्क | पे एज यु गो अन्तर्गत ८०% सम्म कम शुल्कमा डेटा सेवा
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन्