३१ जिल्लामा निःशुल्क इन्टरनेट पुग्यो |
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।