सातै प्रदेश १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क |
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले सातै प्रदेशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले ३ अर्ब रूपैयाँको लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेको घोषणा गरेको हो ।