रियलमीले बजेटमैत्री नार्जो ५० र सी ३५ नेपालमा सार्वजनिक हुँदै |
काठमाडौं । रियलमीले नेपाली बजारमा नार्जो संस्करणअन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ। नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज हुने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उपभोक्ताहरूको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।