बेलायतले पठायो पहिलो महिला राजदूत |
काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेकी छन् ।
काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेकी छन् ।
काठमाडौं । मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो ।
काठमाडौं । चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल ट्रेड’ (सीसीपीटीआई) तथा पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
काठमाडौं । नेपाल विद्युत प्रधिकरणले प्रदेश नं २ मा रहेको विद्युत् चुहावटलाई १० दशमलव ९७ प्रतिशतमा झार्ने भएको छ । प्राधिकरणले प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरलाई चालु आर्थिक वर्ष २०७६∕०७७मा विद्युत् चुहावटलाई १० दशमलव ९७ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो ।
बुटवल । बुटवलमा पनि बिजुली बस संचालनमा आउने भएको छ । सुन्दर यातायात प्रालिको देशैभरि बिजुली बस संचालनको नीति अनुरुप राजधानी बाहिर प्रदेश नम्बर ५ को बुटवलबाट बिजुली बस संचालन गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।
काठमाडौं । सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् ।
काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।
काठमाडौं । गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरिक्षक तथा प्रहरी सहायक निरिक्षक (असई)मा नयाँ भर्ना खोलेको छ । सशस्त्रले ५८ जना सशस्त्र प्रहरी निरीक्षक तथा २३९ असईका लागि भर्ना खोलेको हो ।
काठमाडौं । असार मसान्तसम्म एउटा वाणिज्य बैंकले ५ सय वटा सहुलियत कर्जा दिनैपर्ने भएको छ । बैंकहरुले सहुलियतपूर्ण कर्जा दिन आनाकानी गरेपछि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।