नेशनल मेडिकल कलेज र विद्यार्थीहरुबीच चारबुँदे सहमति, आन्दोलन फिर्ता |
काठमाडौं । नेशनल मेडिकल कलेज वीरगञ्ज र आन्दोलनरत विद्यार्थीहरुबीच चारबुँदे सहमति भएको छ । यससँगै आजबाटै पठनपाठन शुरु हुनेछ । १० मंसिरमा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच वार्ता भएको थियो ।