नेपाललाई स्वीस सरकारले ८६ करोड अनुदान सहयोग दिने |
काठमाडौं । नेपालले स्वीजरल्याण्ड सरकारबाट ८६ करोड १३ लाख रुपैयाँ (६८ लाख स्वीस फ्रान्स) सहयोग पाएको छ। स्वीजरल्याण्ड सरकारले प्रदेश नम्बर १ र मधेस प्रदेशको २० वटा स्थानीय तहमा खर्च गर्ने सम्झौतास्वरुप सो रकम बराबरको सहयोग गरेको हो। साउनदेखि चार वर्षसम्म परियोजना कार्यान्वयन हुने भएको छ।