फेरि बढ्यो इन्धनको मूल्य | पेट्रोलकाे भाउ फेरि ८ रुपैयाँ महँगो, डिजेल र मट्टितेलमा १२ रूपैयाँ बढ्याे
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।