बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड |
बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सियस पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ ।