म्यानमारबाट नेपालमा सिधा हवाई उडानको तयारी |
काठमाडौं । म्यानमारको यांगुनबाट नेपालमा सिधा हवाई उडान सुरु गर्ने तयारी भएको छ । नेपालका लागि म्यानमारका राजदूत यु सिन ओका अनुसार यांगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान शुरु गर्ने तयारी भएको हो ।