विकासका लागि हो भने मलाई निर्धक्क भोट हाल्नुहोस् ː मेटमणि चौधरी |
दाङ । सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफुलाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् ।
दाङ । सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफुलाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् ।
काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको बागमती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए ।
काठमाडौं । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ ।
काठमाडौं । समीक्षा बाँस्कोटाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले मंगलबार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
काठमाडौं । बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याएका छन् । दसैंका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गरेका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याएका हुन् ।
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।
संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ ।