निर्वाचन लाई समावेशी तथा अपाङ्गमैत्री बनाउन आयोगको निर्देशन |
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन तथा आयोगका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको छ ।