संसद छिरेर शासकीय र प्रशासकीय प्रणालीमा सुधार ल्याउने शर्माको अठोट |
झापा । नेपाली राजनीतिमा चर्चामा रहेका विश्वप्रकाश शर्मा संसदीय अभ्यासका लागि संसद छिर्ने तेस्रो पटक परीक्षामा छन् । २०७० र २०७४ का दुई निर्वाचनमा बामपन्थी नेतासंग प्रतिष्पर्धा गरेका विश्वप्रकाश शर्मा तेस्रो पटक नेकपा एमालेका अग्नी खरेलसंग प्रतिष्पर्धामा चुनावी मैदानमा छन् ।