सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा उम्मेदवार यादवलाई स्पष्टीकरण |
काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ (१) मधेश प्रदेश सभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।