समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने |
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।