बैंकिङ समस्याहरु निराकरणार्थ प्रधानमन्त्रीलाई समेत उद्योगी व्यवसायीको अनुरोध |
काठमाडौं । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत भेट गरी विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि अनुरोध गरेको छ ।