रिलायन्स चिनी उद्योगद्वारा किसानलाई भुक्तानी दिन सुरु |
बारा । बाराको श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लिले उखु किसानहरूलाई भुक्तानी दिन सुरु गरेको छ । पुसको ११ गतेदेखि उखुको क्रसिङ सुरु गरेको उद्योगले हालसम्म ५ लाख ५० हजार क्विन्टल उखुको भुक्तानी दिइसकेको उद्योग प्रशासनले जनाएको छ ।