पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह |
काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग मंगलबार भेटी परिसंघको प्रतिनिधिमण्डलले नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।