चालु आर्थिक वर्षको सात महिनामा ३७ दशमलव २२ प्रतिशत बजेट खर्च |
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो ।